सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा पूर्वअध्यक्ष थापाले पृथ्वी जयन्तीका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रमहरु वहिस्कार गर्ने

598
shares

काठमाडौँ । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रम वहिस्कार गर्ने भएका छन् । राप्रपाले पृथ्वीजयन्तकी अवसरमा आज राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरेकामा थापाले सो कार्यक्रम बहिस्कार गर्ने भएका हुन् ।

थापा निकट नेता राजाराम बर्तौलाले आफूहरुको माग सम्बोधन नभएकाले कमल थापा कार्यक्रममा सहभागी नहुने बताए । थापाले पार्टी महाधिवेशनमा निर्मल निवासबाट हस्तक्षेप भएको विषयमा छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । तर,सो मागको सुनुवाइ अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छैनन् ।

थापाले निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताउँदै हिन्दुराष्ट्रको पक्षमा पृथ्वीजयत्नीकै दिनदेखि देशव्यापी रुपमा राष्ट्रिय एकता अभियानको थालनी गर्ने योजना बनाएका थिए । कोरोनाको कारण देखाउँदै यो अभियान तत्काललाई स्थगित गरिएको छ ।

यसैबीच थापा पार्टीको कार्यक्रममा सहभागी नहुने भएपनि आजै बिहान सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।लिङ्देन नेतृत्वको राप्रपाले भने भृकुटीमण्डपबाट र्‍यालीसहित साढे १२ बजे पृथ्वीनारायणको शालिकमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports