यस्ता छन मन्त्रिपरिषद बैठकका निर्णयहरू
वि.सं.२०८१ फागुन १३ मंगलवार १६:२९
shares

काठमाडौं। सरकारले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमतथा बजेटमा समावेश भएका र सोहीआर्थिक वर्षमा कार्य सम्पन्नभएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु निम्नानुसार छन्-
१.भारतको जयपुरमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजनाहुने, High Level 12 th Regional 3R and Circular Economy forum in the Asia and the Pacific कार्यक्रममा राष्ट्रिय योजनाआयोगकामाननीय सदस्यडा.रमेश प्रसाद सिंहलाई सहभागीहुन स्वीकृतिप्रदान गर्ने,
२.थाइल्याण्डको बैंककमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने Asia and the Pacific Regional Preparatory Meeting for the 2nd United Nations Food Systems Summit Stocktaking Moment कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जय बहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
३.संयुक्त राज्य अमेरिकाको Harvard University in Cambridge, Massachusetts मा २०८२ वैशाख १४ गतेदेखि १७ गतेसम्म आयोजना हुने Harvard Ministerial Leadership Program अन्तर्गतको २०२५ Harvard Ministerial Leadership Forum कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
४.आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने,
५.विश्वबैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट Bridges Improvement and Maintenance Program तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलर बरावरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय । सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग बार्ता गर्न अख्तियारी दिने,
६.नेपाल विमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा, कञ्चनपुरलाई नियुक्त गर्ने,
७.२०८१ फागुन १८ गतेदेखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाइ स्वच्छता क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिने,
८.संवत् २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्द्मा परि बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत् मृतक सरह राहत उपलब्ध गराउने,
९.झापा जिल्ला गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गादर्ता सम्बन्धी (पहिलो संशोधन आदेश २०८१ स्वीकृत गर्ने,
१०.२०८१ फागुन २७ र २८ मा संयुक्त राज्य अमेरिकाको Washington, DC मा आयोजना हुने 22 nd Annual TransformingTransportation Conference विषयक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
११. नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गर्ने साथै, एक जना महासेनानी, दुई जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गर्ने,
१२. मिति २०८१ फागुन २१ गतेदेखि २३ गतेसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने,
१३. पथरी शनिश्चरे नगरपालिका, मोरङलाई सोही नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोही नगरपालिको वडा नं. १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने,
१४.आदिवासी जनजाति आयोग र जनवादी गणतन्त्र चीनको National Ethnic Affairs Commission बीच हस्ताक्षर हुने Strengthening Friendly Cooperation विषयक समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न आदिवासी जनजाति आयोगलाई अख्तियारी दिने,
१५. कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।




































