सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको विरोध गर्ने आशङ्कामा ४ जना प्रहरी नियन्त्रणमा

585
shares

काठमाडौंको जोरपाटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न खोजेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा प्रधानमन्त्री ओली जोरपाटी जाने कार्यक्रम पूर्वनिर्धारित थियो। सोही कार्यक्रममा विरोध जनाउने सूचना पाएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार चार जनालाई अहिले नियन्त्रणमा राखिएको छ।

उनका अनुसार चार जनाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको विरोध गर्ने भनेर सूचना राखेका थिए। त्यसकै आधारमा अहिलेलाई नियन्त्रणमा राखिएको उनले बताए।राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।प्रधानमन्त्री ओलीले अस्पतालमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports