पाल्हीनन्दन गाँउपालिकामा दुई पक्षबीच झडप, प्रहरीले चलायो गोली
वि.सं.२०८१ फागुन १३ मंगलवार १६:२८
shares

नवलपरासी । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकामा दुई समूहबीच झडप भएको छ ।
पाल्हीनन्दन गाउँपालिका वडा नम्बर-३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेको छ ।झडपमा परर ५ जना सिभिल प्रहरी, १५ जना प्रहरी र ५ जना स्थानीय गरी २० जना घाइते भएका छन्।
करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेपछि झडपले उग्र रूप लिएको थियो ।अहिले झडप नियन्त्रणमा आएपनि पुनः झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।




































