कुलमान घिसिङलाई सरकारले सोध्यो तेस्रो पल्ट २४ घण्टे स्पष्टीकरण
वि.सं.२०८१ फागुन १३ मंगलवार १६:३२
shares

काठमाडौ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले सोध्यो २४ घण्टे स्पष्टीकरण अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयको सहमति बेगर भारतसँग महसुल बढाउने सम्झौता किन गरेको ? भनेर समेत स्पष्टीकरण सोधिएको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार २४ घण्टे स्पष्टीकरण सोध्दै पत्र पठाएको हो।मन्त्रालयले पुस २२ गते पहिलो र पुस २८ दोस्रोपटक घिसिङलाई स्पष्टीकरण सोधेको थियो। कार्यकारी निर्देशक घिसिङले बुझाएको स्पष्टीकरणमा चित्त नबुझेको भन्दै अहिले तेस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ। २४ घण्टाभित्र वस्तुगत र चित्तबुझ्दो जवाफ नभए पदबाट हटाउने स्ष्टीकरणमा लेखिएको छ।
मन्त्रालय र तपाइँबीच मिति २०७८/१०/०५ मा भएको कार्यसम्पादन सम्झौताको व्यवस्थाबमोजिम तथा नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित)को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ? तपाइँले कार्यकारी निर्देशकको हैसियतले गरेका निर्णयका विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन नेपाल सरकार (मन्त्रिस्तर) को मिति २०८१/११/१३ को निर्णयानुसार जानकारी गराईन्छ भनि सोधिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ।
































