सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ताप्लेजुङको फुङलिङमा लगाइएको निषेधाज्ञा हटायो प्रशासनले

598
shares

झापा- ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा लगाएको निषेधाज्ञा हटएको छ।

आज राति ११ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा हटाइएको हो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मंगलबार साँझ एक सूचना जारी गरी फागुन ११ गतेदेखि लगाइएको निषेधाज्ञा हटाएको जानकारी दिएका छन्।

सदरमुकामको पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा फुङलिङ नगरपालिका ७ घोडेचौर काफ्लेपाटी, उत्तरमा फुङलिङ नगरपालिका–४ उकालीपानी र दक्षिणमा फुङलिङ नगरपालिका ६ शेर्पाटोल, भेटनरी कञ्चनजंघा टोल क्षेत्रसम्म निषेधाज्ञा लगाइएको थियो।सरकारले केबुलकार निर्माण तत्कालका लागि स्थगित गरेपछि ताप्लेजुङको अबस्था सहज बन्दै गएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports