सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरोना संक्रमितको संख्या बढेपछि त्रिभुवन विमानस्थलमा अत्यावश्यकबाहेकलाई भिजिटर पास बन्द

429
shares

काठमाडौ । कोरोना संक्रमितको संख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अत्यावश्यक बाहेकका लागि भिजिटर पास दिन बन्द गरेको छ । विमानस्थलमा हुने भीडभाड कम गर्न तत्कालका लागि भिजिटर पास बन्द गरेको विमानस्थल कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार कोभिड–१९ को जोखिम समेतलाई दृष्टिगत गरेर विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थाबाहेक भिजिटर पास उपलब्ध नगराइने भएको हो ।

विमानस्थल कार्यालयले कोभिडको नयाँ भेरियन्टको संक्रमणबाट बच्न र अरूलाई बचाउन अनावश्यक भीडभाड नगर्न पनि अनुरोध गरेको छ । विमानस्थल कार्यालयले विमानस्थलबाट यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको परिपालना गर्न पनि यात्रु तथा सम्बन्धित सरोकारलावालाई आग्रह गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports