सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्यानडा र चीनले अमेरिका माथि लगाए अतिरिक्त महसुल

637
shares

ओट्टावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा लगाएको अतिरिक्त महसुल लागू भएको छ । मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लाग्नेछ, भने चीनबाट आउने सामानमा पनि नयाँ १० प्रतिशत कर शुरु भएको छ ।

अमेरिकी कदमको प्रतिकारमा क्यानडाले अमेरिकाबाट आउने १ खर्ब ५५ अर्ब मूल्य बराबरको सामानमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको छ ।उता, चीनले पनि अमेरिकाबाट आउने केही कृषिजन्य उत्पादनमा १० देखि १५ प्रतिशतको अतिरिक्त कर लगाउने बताएको छ । चीनले उड्डयन, रक्षा र प्रविधि क्षेत्रमा रहेका कयौँ अमेरिकी कम्पनीलाई निशाना बनाउँदै यिनीहरूलाई विश्वास गर्न नसकिने कम्पनीको सूचिमा हाली यिनीहरूमाथि निर्यात प्रतिबन्ध लगाएको छ ।

मेक्सिकोले पनि आजै अबेरसम्म अतिरिक्त महसुलको प्रतिकारमा महसुल घोषणा गर्ने अपेक्षा गरिएको छ । त्यहाँकी राष्ट्रपति क्लाउडिया शिनबमले सोमबार नै आफ्नो देशले आकस्मिक योजना बनाइसकेको भनेकी थिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports