स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागियो
वि.सं.२०८१ फागुन २२ बिहीवार १६:४७
shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ ।
आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।सांसद सिंहले मन्त्रालयको सचिवमा डा. संगिता मिश्रलाई मधेसी भएकै कारण सिनियर भएर पनि बढुवा नगरेको आरोप लगाउँदै मन्त्री पौडेलको राजीनामा मागेका हुन् ।




































