kumari
stcnepal

क्यानले सार्वजनिक गर्यो क्रिकेट खेलाडीको ग्रेड, कुन ग्रेडमा को ?

काठमाडाैँ – नेपाल क्रिकेट संघ (क्यान) ले महिला र पुरुषतर्फको वार्षीक कन्ट्रयाक सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको वार्षीक कन्ट्र्याकलाई ६ महिनापछि पुनः मूल्याङ्कन गरिने क्यानले जनाएको छ। क्यानले महिलातर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ ग्रेड मा खेलाडीलाई राखेको छ भने पुरुषतर्फ इमर्जिङ पनि रहेको छ।

महिलातर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ क्याटगोरीमा रहेका खेलाडीले क्रमशः ५० हजार, ३५ हजार, २५ हजार र २० हजार रहेको छ। त्यस्तै पुरुषतर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ क्याटगोरीका खेलाडीले क्रमशः १ लाख ७० हजार ५५ हजार र ३५ हजार रहेको छ। इमर्जिङ खेलाडीलाई २५ हजार रहेको छ।

क्यानको महिलाको ‘ए’ क्याटगोरीमा यो पटक पुजा महतोले स्थान बनाउन सफल भइन्। पूजासँगै इन्दु वर्मा, रुविना चौधरी र सीता राना मगर छन्। पुरुषतर्फ भने रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेखले स्थान बनाएका छन्।

footer