गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तनाव बढेपछि सुनसरीमा सेना परिचालन

195
shares

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा कर्फ्यूबीच आगजनी र तोडफोड सुरू भएपछि नेपाली सेना ब्यारेकबाट निस्किएको छ ।

देवानगञ्ज घटनालाई लिएर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएपछि नेपाली सेना परिचालन गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कर्फ्यू जारी भएका स्थानमा सेना परिचालन गरिएको बताए ।बिहानदेखि कर्फ्यू अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको सीडीओ घिमिरेले बताए । बख्तरबन्द गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगन्ज पुगेको छ ।

दुई समुदायबीचमा आइतबार राति तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको छ, प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन् । घटनापछि सुनसरीको लौकही, जिल्ला सदरमुकाम इनरुवा लगायतका क्षेत्रमा प्रदर्शन भइरहेको छ । कप्तानगञ्ज देवानगञ्ज हरिनगर क्षेत्रमा कर्फयू उल्लंघन गर्दै समूहसमूह बनाएर स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट पनि प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरी झिकाइएको छ । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगन्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरका जिल्लाबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports