गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दोषीलाई कारबाही नभए व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्छ : स्ववियु अध्यक्ष जोशी

338
shares

काठमाडौं । त्रिवि, स्वतन्त्र विद्यार्थी युनियन (स्वविय)ले एमबीएको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा दुई दिनभित्र छानबनि गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

साथै व्यवस्थापन संकाय डीनले र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने माग स्ववियले गरेको छ । ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन । दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो ? कसको संलग्नता थियो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ,’ स्ववियु अध्यक्ष दिपक जोशीले भने ।

दोषीलाई कारबाही नभए व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनले राजीनामा दिनुपर्ने जोशीले बताए । प्रहरी आजै लिक गरेको आरोपमा दुई जनालाई पक्राउ गरिसकेको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस विषयमा छानबिन गर्न समिति पनि गठन भइसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports