गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अदालतको अपहेलना मुद्दामा प्रधानमन्त्री ओलीले पाए सफाई

884
shares

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सफाइ पाएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदावी नपुग्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासबाट बुधबार यस्तो फैसला भएको हो ।संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो ।

१३ माघ २०७७ मा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने दायर गरेको निवेदनमाथि यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीसँग जवाफ माग गरेको थियो ।आफैंं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरेकोमा प्रधानमन्त्री ओलीले ६ फागुन २०७७ मा सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए । सोही मुद्दामा फुँयाल र पाण्डेयको संयुक्त इजलासले बुधबार फैसला गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports