गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माइतीघरमा न्याय माग्न फेरी पुगे सहकारी पिडितहरू

260
shares

काठमाडौं । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले पीडितलाई न्याय दिइयोस्, सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस्, छिटो न्याय दे लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । साना वा ठूला बचतकर्ता नभनी सबैलाई समानरूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका छन् ।

साथै उनीहरूले आफूहरुको आन्दोलन विशुद्ध पीडितहरूको साझा मञ्च भएकाले कुनै राजनीतिक दल वा घुसपैठियाहरूलाई ठाउँ नदिने र पीडितकै नेतृत्वमा आन्दोलन अघि बढाउने जनाएका छन् ।

सरकारले आफ्ना मागहरू तत्काल कार्यान्वयन नगरे २ दिनको ध्यानाकर्षण र्‍यालीपछि थप सशक्त रूपमा आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports