सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीले सार्वजनिक गर्यो आन्दोलनको कार्यक्रम

572
shares

नेकपा एकीकृत समाजवादीले ‘रोजगारी र सुशासनका लागि’लागि भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। आज शुक्रबार पत्रकार सम्मेलन गर्दै महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यक्रमबारे जानकारी गराएका हुन्।

पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन समितिका संयोजकसमेत रहेका भुसालले राजनीतिलाई सत्ताको खेलबाट मुक्त पार्न आन्दोलन थालिएको दाबी गरे।’यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन हो; बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी हो र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बीच सहकार्य र एकताको अभियान हो’ भुसालले भने।

उनकाअनुसार आन्दोलनको पहिलो चरणमा चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव सङ्कलन, चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने तय भएको छ। चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने तय भएको उनले बताए।वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने भुसालको भनाइ छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports