उपकुलपति छनोट: प्रधानमन्त्री ओलीले बोलाए केयूको सभा
वि.सं.२०८१ चैत २ शनिवार ०९:३२
shares

काठमाडौं । प्रधानमन्त्री समेत रहेका कुलपति केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय (केयू) को सभा (सिनेट) आह्वान गरेका छन् ।
सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गर्न नसकेपछि कुलपति समेत रहेका ओलीले सभा बोलाएका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बस्नेगरी सभाको बैठक बोलाइएको हो ।केयूका पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा तीन सदस्य समिती बनाइएको थियो ।
समितिले फागुन २ र ३ गते उपकुलपतिका लागि उम्मेदवार दिएकाहरूको अन्तर्वार्ता सकाएर पनि नाम सिफारिस गर्न सकेको छैन ।यो समितिले नाम सिफारिस गर्न नसकेपछि समिति के गर्ने भनेर निर्णय लिन सभा बोलाइएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।






































