हालसम्म ९३१ सुकुम्बासीले नाम टिपाए
वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:०६
shares

काठमाडौं । राजधानीका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासी मध्ये हालसम्म ९३१ परिवारले नाम टिपाएका छन् ।
साँझ ६ बजेसम्म ९३१ परिवारका ३ हजार ९३५ जना सदस्यले नाम टिपाएका हुन् । यसमध्ये १५ सयभन्दा बढी बालबालिका छन्।सरकारले सुकुम्बासीको लगत संकलनपछि होल्डिङ सेन्टरमा राख्ने र वास्तविक सुकुम्बासीको पहिचान गरेर नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा सार्ने तयारी गरेको छ ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्।समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्।
रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम पनि भइरहेको छ। यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।





































