सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुष्पकमल दाहाललाई राप्रपा सांसद ज्ञानेन्द्र शाहीको जवाफ, तपाई र त्तकालिन सरकार मिलेर राजा बीरेन्द्रको वंश नास गरेको हो

624
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संगीन आरोप लगाएपछि राप्रपा सचेतक ज्ञानेन्द्र शाही प्रतिवादमा उत्रिएका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डलेवंश विनाश गर्नेहरूले राजा बन्ने धाक देखाएको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई खबरदारी गरेका थिए ।त्यसको केही घण्टापछि जवाफ फर्काउँदै राप्रपा सचेतक शाहीले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकारको मिलेर वीरेन्द्रको वंशनाश गरेको बताएका छन् ।‘सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यो। तर, यस्तै भड्किला झुटा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्’, शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

शाहीले दरबार हत्याकाण्डको सबैभन्दा बढी फाइदा प्रचण्डलाई नै भएको पनि बताएका छन् । साथै, शाहीले प्रचण्डमाथि गम्भीर आरोप छेडेका छन् ।‘प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो ? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईंलाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो तपाईंले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16, Ak 47, LMG, SMG, SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईंले लिनुभयो ? मोबाइल फोन नभएको समयमा स्याटालाइट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? तपाईंलाई’, शाहीले लेखेका छन् ।

भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी प्रचण्डले नै मारेको शाहीको भनाइ छ । निहत्था नागरिकलाई बाटोबाटोमा बम थाप्दै कसले हत्या गरिएको उनको टिप्पणी छ । ‘विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईंले रेट्यो । ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईंले गर्‍यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले गर्‍यो’, शाहीले लेखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports