सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाणिज्य बैङ्कहरूको नाफामा उल्लेख्य सुधार, १९.३० प्रतिशतले बृद्धि

286
shares

काठमाडौं । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार आएको छ । चैत मसान्तसम्मको विवरण अनुसार बैंकहरुको नाफा १९ प्रतिशतले बढेको हो ।

गत वर्षको तुलनामा यस वर्ष वाणिज्य बैंकहरुको नाफा बढेको हो । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकहरुले ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ४१ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका थिए ।यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले चैत्रसम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफामा सर्वाधिक वृद्धिदर कुमारी बैंकको रहेको छ । यस बैंकले चालू आवको तेस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३६१.७६ प्रतिशत बढी हो । त्यसबेला बैंकले २८ करोड ५८ लाख मात्रै नाफा कमाएको थियो । नाफामा सबैभन्दा बढी गिरावट प्रभु बैंकको देखिएको छ । यस बैंकको नाफा ५४ प्रतिशतले घट्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३० प्रतिशतले घटेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports