नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचन स्थगित

689
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

केन्द्रीय क्याम्पसले कीर्तिपुरले अदालतमा मुद्दा चलिरहेकाले ८ चैतका लागि तोकिएको चुनावी कार्यक्रम स्थगित भएको बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दीपकराज जोशी र अनोज कार्की गरी दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको उम्मेदवारी परेको थियो । संघको तर्फबाट दुई उम्मेदवार बनेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेर जोशी आधिकारिक भएको निर्णय गरेको थियो ।

त्यसविरुद्ध कार्की पक्षका विष्णुबहादुर बडैला समेतले त्रिभुवन विश्वविद्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरी अन्तरिम आदेश माग गरेका थिए ।बुधबार अल्पकालीन अन्तरिम आदेश जारी भए पनि बिहीबार मात्रै म्याद सूचना प्राप्त भएको त्रिविको विज्ञप्तिमा उल्लेख छ ।बिहीबार नै अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरूको नाममा म्याद तामेल नभएकोले १० चैतमा अन्तरिम आदेशको म्याद तोकिएको छ ।अन्तरिम आदेशबाट छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित हुने विज्ञप्तिमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports