नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैकद्धारा दुर्लभ तस्विर सार्वजनिक

663
shares

ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । दशकौं पुरानो नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बीर समेटिएको क्यालेण्डर सार्वजनिक गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कमलादीस्थित कर्पोरेट कार्यालयमा आयोजित समारोहमा क्यालेण्डर सार्वजनिक गरेका हुन् । क्यालेण्डरमा नेपाली परम्परागत जीवनशैली, रहनसहन र अभ्यासलाई कैद गरिएका दुर्लभ तस्बीर छन् ।

ती तस्बीरले नयाँ पुस्तालाई विगतको जीवनशैली, रहनसहन र अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुर्याउने अध्यक्ष ढकाल बताउँछन् । विगतका क्यालेण्डरमा पनि नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने,‘नेपालको सर्वाङ्गीण विकासका लागि हामीले कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’

मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंक निजी क्षेत्रको पहिलो तथा वित्तिय सूचकअनुसार सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क–वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports