नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल दक्षिण एसियामा सबैभन्दा खुशी, फिनल्यान्ड विश्वकै खुशी देश

689
shares

काठमाडौँ। नेपाल दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशको सूचीमा पर्न सफल भएको छ ।

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५का अनुसार दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ ।डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको छ भने पाकिस्तान १०९औ स्थानमा रहेको छ ।यस्तै छिमेकी मुलुक भारत भने ११८औ स्थानमा रहेको छ । यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान र बंगलादेश १३४औ स्थानमा रहेको छ ।

यसैगरी विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ । यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ ।

जीवनको मुल्यांकन, सकारात्मक सोच, नकारातम्क भावना र जीवनको मुल्‍यांकन तथा भावनाको तुलनात्मक अध्‍ययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ ।

उत्कृष्ट १० खुसी देश

१. फिनल्याण्ड २. डेनमार्क ३. आइसल्यान्ड ४. स्वीडेन ५. नेदरल्याण्डस् ६. कोस्टारिका ७. नोर्वे ८. इजरायल  ९.लग्जम्बर्ग १०. मेक्सिको

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports