तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजनीतिक राप, रक्तपात, जनताको साथ ?

156
shares

 

राजन कार्की
३७ वर्ष लामो राजनीतिक कालरात्रिपछि रक्तपात भयो र निर्वाचनमा जनताले लारात्रिको विपक्षमा मतदान गरे । नयाँ पुस्ताको सरकार पनि बन्यो । नयाँ पुस्ताले नयाँ जिम्मेवार राजनीतिक संष्कार र विधिबाट चल्ने कानुनव्यवस्था अर्थात लोकतान्त्रिक अपेक्षा अनुसारको थिति बसाल्ला कि नबसाल्ला ?
भदौ २३ र २४ मा भएको नरसंहारबाट सिर्जित शोक सकिएको छैन । शोक शक्तिमा बदलिएको छ । यो शक्तिले फेरि फेरि शोक गर्नु नपर्ने वातावरण बनाउला कि नबनाउला ?
बहुदलको कालारात्रि फार्न ३७ वर्ष लाग्यो । यो ३७ वर्षको शोक, सम्झनाहरु हस्तान्तरण भएका छन् । सुखानुभूतिको आशा जागेको छ, विश्वास भरिएको छ । पुरानोबाट नयाँतर्फको मार्ग खुलेको छ । यो नयाँ मार्ग, नयाँ पुस्ताले नयाँ पदचिन्ह पहिल्याउन सके भने भग्नावशेष बनिसकेको देशले काँचुली फेर्नेछ ।
रास्वपा र बालेन सरकालाई कसरी घेर्ने, कमजोर पार्ने र असफल बनाइदिने भनेर विपक्षीहरु अनेक चालबाजी गरिरहेका छन् । बालेनका सबै निर्णयहरुलाई राष्ट्रिय सभामा अल्झाइदिने रणनीति थाहा पाएर बालेन सरकारले अध्यादेश पहिले अनि बजेट अधिवेशनको नीति अख्तियार ग¥यो । यो देखेर विपक्षीहरु आत्तिए र संसद छलेको आरोप लगाउन पुगेका छन् । यसबारे प्रम बालेनले जनताका नाममा स्पष्ट पारेका छन्–
राजधानी र देशैभरि सुकुमवासी समस्या समाधान गर्ने सम्बन्धमा अनेक आलोचना गर्ने राजनीतिक र अन्यहरुबारे प्रम बालेन साहले लेखेका छन्– सुकुम्वासीको नाममा दशकौंदेखि राजनीति हुँदै आयो । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीलगायतका दलहरुले यो मुद्दालार्य समाधानभन्दा बढी चुनावी नारामा सिमित राखे । तर मैले प्रधानमन्त्रीको रुपमा सपथ लिएको आज सय दिनभित्र, सुकुम्बासी समस्या समाधानको स्पष्ट मार्गचित्र तयार गरी व्यावहारिक काम अगाडि बढाइसकेको छु अब सुकुम्बासीको नाममा राजनीति होइ, व्यवस्थापन, अधिकार र सम्मानको सुनिश्चितता हाम्रो प्राथमिकता हो । देश र जनताको हितमा, अब काम परिणामुखी हुनेछ, बहानामुखी होइन ।
जो वास्तविक सुकुमवासी हुन्, तिनले सरकारप्रति विश्वास गरेका देखिन्छन् । हुकुमवासी जति चिच्याए पनि तिनको भागम्भाग देखिदैछ ।
यसैवीच बालेन सरकारले सयदिनभित्र सुरु गर्नुपर्ने कामका लागि अध्यादेश ल्याउन खोज्दा सबै विपक्षी एक भएर बालेन सरकारलाई घेर्ने नीति लिएका छन् । यसबारेमा प्रम बालेनले भनेका छन्– अध्यादेशको विरोध गर्नेहरु छन्, यो स्वभाविक पनि हो । तर यथार्थ के हो भने नियमित अधिवेशनबाट ाकनुन पारित गर्न जाँदा धेरै समय लाग्छ । देश विकासका लागि आवश्यक केही महत्वपूर्ण कानुनहरु छिटो बनाउनु पर्ने आवश्यकता देखिएको छ । त्यसैले संविधानले दिएको अधिकार प्रयोग गर्दै अध्यादेशमार्फत अघि बढेका छौं । हाम्रो उद्देश्य कसैलाई असहज बनाउनु होइन, बरु देशलाई छिटो परिवर्तन र विकासको दिशामा अघि बढाउनु हो । समयको माग अनुसार काम नगर्ने हो भने हामी पछाडि पर्छौं, त्यसैले जनताको हितलाई केन्द्रमा राखेर हामीले यो निर्णय गरेका हौं ।
सत्ताले सुकुमवासीलाई प्रहरी रिपोर्ट, नागरिकता, सिफारिस नपाउने भनेर तर्साएको विपक्षीले आरोप लगाएका छन् । त्यो आरोप विपरित सक्कली सुकुमवासीहरुले स्थायी बसोबासको व्यवस्था होस् भनेर सरकारलाई सघाएको सबैले देखे बुझेका छन् । हो, बालेन सरकारले स्टण्डमात्र गर्छ कि सुकुमवासीको व्यवस्था मिलाउँछ, त्यो भने प्रतिक्षाको विषय हो । चुनावका बेलामा नगारिकसँग करार गरेको र बाचापत्रअनुसार अघि बढ्ने रास्वपाको निर्णय भइसकेकाले सरकारले आफैले कोरेको लक्ष्मण रेखा नाघ्ने छैन भन्ने विश्लेषण भइरहेको छ । रास्वपा र बालेन सरकार समाजशास्त्रीय र नैतिक बन्धनबाट बाँधिएको छ ।
गत भदौ २३ र २४ को आन्दोलन र विध्वंंश राजनीतिक दुस्वप्न हो । यो दुस्वप्नको कारक बहुदलदेखि लोकतन्त्रसम्म एकछत्र आलोपालो शासन गरेका नेता र पार्टीहरु नै हुन् । तिनले आरोपका लागि रास्वपा र बालेन सरकारमाथि आरोप लगाउन सक्छन्, अमेरिकाबाट सञ्चालित पनि भन्न सक्छन् ।
हालैको एउटा घटना अमेरिकी सहायक विदेशमन्त्री समीर पाल कपुरले नेपाल भ्रमण गरेका थिए । उनले ४ थान हेलिकोप्टर नेपाललाई उपहार दिने प्रस्ताव गरेका थिए तर बालेन सरकारले लिन चाहेन । फेरि अर्का अमेरिकी मन्त्री नेपाल आउँदैछन्, उनले पनि नेपालको विकास र नेपालीको गाँसबासका लागि आयोजनाको प्रस्ताव लिएर आउनेछन् । बालेन सरकार यस्तो सरकार हो, जसले भूराजनीतिक खेलबाट नेपाललाई बचाएर छिमेकी र मित्रराष्ट्रहरुसँग सहकार्य गर्ने नीति लिएको देखिन्छ । विपक्षी दलहरु एसपीपीमा सही गर्ने भयो बालेन सरकारले भनेर निकै होहल्ला मच्चाए, प्रम बालेनले खुलासा गरिदिए– सरकारले कुनै पनि सैनिक गठबन्धनमा सहभागी हुनेछैन ।
अब विपक्षीहरु भदौ २४ को घटना छानबिन गर्ने माग गरिरहेका छन् । संविधान संशोधनका विषयमा राष्ट्रियसभामा अल्झाइदिने रणनीतिमा लागेका छन् । २६ हजार पूर्व पदासीनहरुको सम्पत्ति छानबिन सुरु भइसकेको छ । अध्यादेशपछि संवैधानिक परिषदले एउटै निर्णयले पहिलेका राजनीतिक नियुक्त गरिएकाहरु खारेज हुनेछन् भने संवैधानिक पदपूर्तिमा आश्चर्यजनक दृश्यहरु देखिने अनुमान गरिएका छन् । प्रम बालेन साहले आफूलाई खुला कितावजसरी सामाजिक सञ्जालमा पेश गरिसकेका छन्– म पैसा कमाउन पदमा आएको होइन । जनताको आँसु पुछ्ने छु । भ्रष्टाचारीमाथि कुनै छुट दिनेछैन । बालेनका निर्णय र काम गर्ने शैलीलाई जनताले वाहवाही गरिरहेका छन्, जो जो पदमा छन्, तिनीहरुमा अतास चलेको देखिदैछ ।
रास्वपाको जीत र बालेन सरकार, विहानीले दिउँसो घाम लाग्छ भन्ने संकेतचाहिं दिएको छ । हीरा हो कि किरा ? स्टण्ट हो कि यथार्थ ? समयक्रममा सबैले देख्दै जानेछन् । भन्नेहरु त, सिंगापुरको ली क्वानयुको झल्का देखियो पनि भन्न थालेका छन् ।
२०८२ साल र ०८३ साल नेपाली राजनीतिले यूटर्न लिएको वर्ष बन्यो । अब राजनीति अपराधी चक्रव्यूहबाट मुक्त हुनुपर्छ, नैतिक बन्धनबाट बाँधिनुपर्छ । राजनीतिमा नैतिकता गढ्यो भने कानुन व्यवस्था चम्किदै जानेछ, समाज सभ्य र देश समृद्धितिर स्वतः लाग्दैजानेछ ।
बहुदलपछिको ३७ वर्ष जंगलराजको कथाबाचनजस्तो अन्धकारमा धकेलियो । त्यो अन्धकार जनतालाई स्वीकार भएन र वर्तमान कालखण्डको उदय भएको हो । शासन प्रभावहीन बन्दैजाँदा गाईजस्तो देश गधाको नियतिमा पुग्यो । यथार्थ यही हो, यो राजनीतिक अपराधशाला जनताले नकारेका छन्, भत्काएका छन् । भ्रमबाट मुक्तीको खोज यो राजनीतिक परिवर्तन हो । गत ३७ वर्ष नेता र पार्टीहरुले आफ्नै हितमा राज्यदोहन गरे, शक्तिको दुरुपयोग गरे । यसको विरुद्धमा परिवर्तन आएकाले राजनीतिक रात, रक्तपातको आँधीमा जनताले परिवर्तन रोजे । अव अब स्वराज, स्वतन्त्रता, शान्ति र समृद्धि आउँछ कि आउँदैन, परिवर्तनले ल्याउँछ कि ल्याउँदैन भन्ने उत्सुकता नेपालमा मात्र होइन, विश्वमै फैलिदैछ ।
यतिबेला नेपाल फेरि विश्व नजरमा परेको छ ।
रामराज्य नहोला, जनताले अपनत्व लिने हाम्रो सरकार छ, हामीलाई सरकारले हेर्छ भन्ने भरोसा देखियो भने परिवर्तनको सार्थकता सुरु भयो भन्ठान्दा हुन्छ । शंका गर्ने, आक्षेप लगाउने, झगडा झिक्ने काम पुरानाले गर्नु निकम्मा पन हो । बहुदलवादी जो थिए, तिनै हुन् लोकतन्त्रवादी पनि । तिनले ३७ वर्ष नैतिकहीन शासन गरेकै हुन्, कम्तिमा रास्वपा र बालेन सरकारलाई जनताले ५ वर्षको म्याण्डेट दिएका छन् । यो ५ वर्ष तिनले तगारो नहाले, जेनजी पुस्ताको परीक्षा हुनेथियो । अनुभवहीन छन्, कमजोरी देखियो होला । त्यसको आलोचना गर्ने होइन, सकिन्छ, तिनलाई सुमार्ग देखाउने, सकिन्न, सच्चिन दिनु उचित हुनेछ । किनकि देश खरानी भएको छ, खरानीबाट देश उठाउँछु भन्नेलाई किन मौका नदिने ?
देशले अरु विध्वंशको भार खप्नसक्ने स्थिति छैन । जेजति बालबालिका मारिए, आमाहरु थप वियोग सहन गर्नसक्ने स्थिति पनि छैन । जुन क्रुरता थियो, हुरी जसरी आयो र सकियो । फेरि यस्तो क्रुरता देख्न नपरोस्, आँधी–हुण्डरी भोग्न नपरोस् ।
जुन त्रासदी थियो, त्यो त्रासदीपछि नयाँ श्रृङ्खला सुरु भएको छ ।
बहुदल, लोकतन्त्रको आवरणमा देखिएका नैतिकहीनताको चक्र पूरा भएको छ ।
जेनजी पुस्ताले भ्रष्ट, अनैतिक अध्याय पल्टाएको छ । समयक्रममा देखिनेछ कि जनताप्रति जवाफदेहीता सुरक्षित भयो कि भएन ?
बालबालिकाले बलिदान दिए, ३७ वर्षमा धेरै शहीद बने । बल्ल राजनीति रुपान्तरण भएको छ । मूर्त त्यागमा मूर्त परिवर्तन देखिनुपर्छ । मृतकहरु जिवन्त छन्, अमर छन् । तिनको अमरता जिवित हुनका लागि पनि परिवर्तन फलदायी हुनुपर्छ ।
बलिदानी बालबालिकाको सपनाको भार रास्वपा र प्रम बालेनको काँधमा छ । भार नलागोस् । नेपालको जेनजीले ल्याएको परिवर्तन देखेर विश्व चकित छ । विश्वका जेनजी पुस्ता परिवर्तनका लागि हौसिएका छन् । यो हौसला मर्नु हुन्न । यो हौसलाले वर्तमान र आगामी दिन नयाँ पुस्ताको हो भन्ने मानक स्थापित हुनुपर्छ ।
देश र देशवासीले अब राजनीतिक कूशासनको शोक मनाउनु नपरोस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports