विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवीन्द्र मिश्र र धवल लगायत सबैलाई रिहा गर्न कमल थापाको आग्रह

741
shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तीनकुने घटनाको जिम्मा नेपाल सरकारले लिनुपर्ने र रवीन्द्र मिश्र र धवल शमसेर राणा लगायतका व्यक्तिहरुलाई थुनामा राख्नु आपत्तिजनक भएको बताएका छन् । जोर जबर्जस्ती गर्न खोजे सरकारलाई महङ्गो पर्न सक्छ थापाले भने ।

आज पार्टीका प्रबक्ता स्वर्गीय बसन्तमान सिंह अधिकारिको १३ औ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्था सहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् ।थापाले अहिले गणतन्त्रवादीहरुले राजालाई बदनाम गरी झुटा आरोप लगाउँदा आफ्नो विचारको प्रतिरक्षाको निम्ति एकठाउँमा उभिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरुलाई आग्रह गर्न चाहन्छु अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दू राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाम्त पार्ने जुन प्रयास भइरहेको छ त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित सबै राष्ट्रवादीहरु एकठाउँमा उभिनु बाहेक अर्काे विकल्प छैन ।’उनले अहिले आफ्ना सानातिना मतभेद, स्वार्थको कारणले एक ठाउँमा आएर आफ्नो आस्थाको प्रतिरक्षा नगरे भविश्यमा पछुताउनुपर्ने बताए ।

अध्यक्ष थापाले गणतन्त्रवादीहरुले चाहेअनुसार भयो भने पद र दल मात्र होइन वैचारिक अस्तित्व नै संकटमा पर्ने पनि बताए ।‘हाम्रो विचारलाई राजालाई बदनाम गर्न खोजिरहेका छन् । कसरी हिन्दु राष्ट्रको मान्यता र राजसंस्थालाई भ्रमपुर्ण ढङगबाट कमजोर बनाउन खोजिरहेका छन् । यदि उनीहरुले चाहे अनुसार अविस्ट पुरा भयो भने हाम्रो पद र दल मात्र होइन हाम्रो वैचारिक अस्तित्व नै संकटमा पर्छ’, उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports