विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्यवाहक प्रधानमन्त्री सिंह सहितको टोलीले आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग भेट्दै

715
shares

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्ने भएको छ ।

शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको छ। ‘हामीलाई सरकारको तर्फबाट बोलाइएको छ’, महासंघका एक पदाधिकारीले भने ।बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । शुक्रबार हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।

तर सरकारले बोलाएको बैठकमा सहभागी नहुने संकेत महासंघका पदाधिकारीले दिएका छन् । “सहमति पहिल्यै भइ सकेको हो । ऐन जारी गरियोस् हामी घर फर्किन्छौ,” आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “सहमतिका लागि मात्र वार्ता आवश्यक छैन ।”

यद्यपि, कार्यवाहक प्रधानमन्त्री सहितको वार्तामा सहभागी हुने नहुनेबारे निर्णय गर्न महासंघका नेताहरू छलफलमा छन् ।शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन् । २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports