विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको तीनकुनेमा बिरोध प्रदर्शनमा बन्देज लगाउन सरकारलाई राज्य ब्यवस्था समितिको निर्देशन

767
shares

संसदीय समितिले अबदेखि काठमाडौँको तीनकुने आसपासको क्षेत्रमा विरोध प्रदर्शन गर्न नदिन निर्देशन दिएको छ ।

आज बसेको संघीय संसद्को राज्य व्यवस्था समितिको बैठकले सरकारलाई यस्त निर्देशन दिएको हो । चैत १५ को राजावादीको प्रदर्शन र त्यसले निम्त्याएको क्षेतिबारे छलफल गर्न बसेको बैठकमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए ।

यसअघि समिति बैठकमा सांसदहरुले एकातिर अन्तराष्ट्रिय विमानस्थल, अर्कोतिर संसद भवन रहेको तीनकुने सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील भएकाले त्यहाँ कुनै पनि कार्यक्रम गर्न बन्देज गरिनुपर्नेमा जोड दिएका थिए । बैठकपछि समिति सभापति रामहरी खतिवडाले संसदहरुको भनाईअनुसार सरकारलाई निर्देशन दिए ।

राजवादीहरुले आयोजना गरेको तीनकुनेको प्रदर्शन एकएक हिंसामा परिणत भएको र आपराधिक गतिविधिमा संलग्न सबै दोषीमाथी कारवाही गर्न पनि समितिले सरकारलाई प्रष्ट निर्देश गरेको छ । त्यसैगरी, यस्ता घटना दोहोरिनबाट रोक्न र गणतन्त्रको रक्षामा लाग्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विशेष निर्देशन छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports