विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जोजोले विरोध गर्नुहुन्छ, जनकपुरमा फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएन फ्रिमा कुद्न : प्रधानमन्त्री ओली

624
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिने भनेको तर कोही पनि सम्पर्कमा नआएको बताएका छन् ।

आफूले नेपालमा रेल चलाउने कुरा गर्दा मजाकको विषय बनाइएको स्मरण उनले गरे ।आज मधेश प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले रेलको कुरा गर्दा मानिसहरूले मजाक उडाएका थिए । तर जनकपुर आएर मैले आफैंले टिकट काटेर रेल चढेँ । मैले साथीहरूलाई भनेको थिएँ, जोजोले विरोध गर्नुहुन्छ, जनकपुरमा फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएन फ्रिमा कुद्न ।’

विगतमा जनकपुर–जयनगर रेल चलेर लामो समयसम्म बन्द भएको तर अघिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा पुनः चलाउन सुरु गरेको उनले बताए । यसबाट जनतालाई सुविधा पुगेको उनले बताए ।‘रेल निर्माण गर्न लगाएर, रेल किनेर फेरि सञ्चालन गर्न थाल्यौं । त्यसले जनतालाई छिटो, सस्तो सुविधा पुगेको छ,’ उनले भने ।

सुरुसुरुमा नयाँ कुरा गर्दा कसैले नपत्याउनु स्वाभाविक भएको उनले बताए । आत्मविश्वास नभएको व्यक्तिले कुरा काट्ने गरेको बताउँदै उनले भने, ‘सुरुसुरुमा त्यस्तै हो, मान्छेले कुरा काट्छ, विश्वास गर्दैन, पत्याउँदैन । हुँदैन, सकिँदैन भन्छ । आत्मविश्वास छैन भने सकिँदैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports