विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जल तथा मौसम पूर्वानुमान महाशाखाको वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गरेकाले सतर्कता अपनाउन आग्रह

1.2K
shares

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गरेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हाल बागमती प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ । उक्त वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

प्रि मनसुनका समयमा खास गरी हावाहुरीका कारण घरहरू भत्किने, रुखहरू ढल्ने र चट्याङ पर्नेजस्ता घटना हुने भएकाले सजकता अपनाउन महाशाखाले सुझाएको हो ।नेपालमा चट्याङ लागेर बर्सेनि धेरैको मृत्यु हुने गरेको छ । विगत एक वर्षमा चट्याङबाट ७८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्म देशभर ४१८ वटा चट्याङको घटना भएको छ । यो घट्नाबाट ७८ जनाको मृत्यु र ३०९ जना घाइते भएका छन् ।

नेपालमा खास गरी प्रि मनसुनको समयमा चट्याङ पर्ने गर्दछ । मार्च,अप्रिल र मे महिना अर्थात् मध्ये फागुनदेखि मध्ये जेष्ठ महिनासम्म चट्याङ पर्ने सिजन हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports