रास्वपाकी केन्द्रीय सदस्य ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
वि.सं.२०८१ चैत ३१ आइतवार १८:३९
shares

काठमाडौँ । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको इजलासले सङ्ग्रौलालाई अदालतको अवहेलना हुनेगरी सङ्ग्रौलाले उक्त अभिव्यक्ति दिनुको कारण लिखित जवाफ सहित उपस्थित हुन आदेश गरेको हो ।तीन दिनभित्र लिखित जवाफ सहित बयानका लागि उपस्थित हुन आदेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने गरेको थियो । उक्त आदेश विरुद्ध अदालतले अवहेलना हुनेगरी उनले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरेकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनुपर्या छ ।’त्यसयता सङ्ग्रौलाले पटक–पटक स्टाटस र भिडियो मार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति जारी राखेकी थिइन् । आदेशविरुद्ध टिकाटिप्पणी गरेर उनले अदालतको अवहेलना गरेको जिकिर सहित कानुनका विद्यार्थी प्रान्जल केसीले ज्वालालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।सङ्ग्रौला यसअघि २०७८ मा रंगभेदी अभिव्यक्तिका कारण पक्राउ परेकी थिइन् । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँ उनलाई धरौटीमा छाडेको थियो ।



































