विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चर्तुर्वेदीको सम्पत्ति जफतको प्रकृया अघि बढ्यो

1.37K
shares

काठमाडौं । सरकारले वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको चल–अचल सम्पत्ति जफत गरेको छ । सर्वोच्च अदालतको २०६८ भदौ २१ गतेको फैसलाबमोजिम गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले उक्त कारबाही गरेको हो ।

पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले चतुर्वेदीलाई १ करोड ३९ लाख जरिवाना, डेढ वर्ष कैद र सम्पत्ति जफतको फैसला सुनाएको थियो । अदालतको निर्णयअनुसार चतुर्वेदीको बैंक खातामा रहेको नगद, सेयर र जग्गा जफत गरिएको हो ।नेपाल एसबीआई, नेपाल बैंक, हिमालयन, एभरेष्ट र कृषि विकास बैंकमा रहेका चतुर्वेदी र उनको परिवारका बैंक खाताबाट जम्मा रकम र ब्याजसहित जफत गरिएको छ । साथै, नेपाल मेडिकल कलेज, शिखर पेन्ट्स र ओम हस्पिटलमा रहेको परिवारको सेयरसमेत सरकारको नाममा ल्याइएको छ ।

कोटेश्वरस्थित २ रोपनी ९ आना जग्गासहित थप जग्गा पनि सरकारको नाममा लालपुर्जा बनाईसकिएको विभागले जनाएको छ । चतुर्वेदी २०६८ भदौ २८ मा अदालतमा आत्मसमर्पण गरी ११ महिना ६ दिनपछि जेलमुक्त भएका थिए। २०७८ असोज २१ मा उनी मृत भेटिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports