विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

884
shares

काठमाडौं । आज युरोपियन युरोको भाउ थोरै बढेको छ भने अमेरिकी डलरको भाउ स्थिर छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा रहेको छ । आइतबार युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा रहेको थियो ।अमेरिकी डलरको भाउ भने शनिबारदेखि स्थिर छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । शनिबार र आइतबार पनि यही कायम भएको थियो ।

यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ५० पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम भएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९० पैसा र बिक्रीदर २० रुपैयाँ ९९ पैसा तोकिएको छ ।राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९७ पैसा रहेको छ ।

ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports