विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतको आरोप

676
shares

नयाँ दिल्ली । पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी सो प्रतिक्रिया दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने- ‘पाकिस्तानले पछिल्ला केही घण्टादेखि युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको छ। भारतीय सेनाले आक्रमणको जवाफ दिइरहेको छ र त्यसको सामना गरिरहेको छ। यो आक्रमण अत्यन्तै निन्दनीय छ । यसको लागि पाकिस्तान जिम्मेवार छ।’पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्न चाहेको समेत मिश्रीले बताए । उनले आफूहरूले पनि भारतीय सेनालाई आक्रमणका लागि स्वतन्त्रता दिएको बताएका छन् ।

‘हामी विश्वास गर्छौँ कि पाकिस्तानले परिस्थितिलाई स्पष्ट रूपमा बुझ्नुपर्छ र यो आक्रमण रोक्न तुरुन्तै र उपयुक्त कदम चाल्नुपर्छ’ उनले भने । विदेश सचिव मिश्रीले भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको समेत बताए । उनले सेनालाई कुनै पनि आक्रमणको सामना गर्न ठोस र कडा कारबाही गर्न आदेश दिइएको समेत बताएका छन् ।

भारत र पाकिस्तानबिच शनिबार साँझ ५ बजे युद्धविराम गर्ने सहमति भएको थियो । त्यसको तीन घण्टापछि राति ८ बजे पाकिस्तानले जम्मू कश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports