विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदलाई ह्वीप

598
shares

काठमाडौँ । नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टी सांसदहरूलाई ह्वीप लगाएको छ । आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आजको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिने भएपछि कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टी सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

‘वैशाख २८ गते ११ बजे बस्ने संसद् बैठकमा नीति तथा कार्यक्रम पारित गरिने हुँदा अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेले कांग्रेस सांसदहरूलाई पठाएको म्यासेजमा उल्लेख छ ।राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने र त्यसपछि आजकै बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालय सूचनामार्फत सार्वजनिक गरिसकेको छ ।

सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले यसअघि नै नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न अनिवार्य उपस्थित हुन भन्दै आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports