सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन निरन्तर : योगेश भट्टराई

728
shares

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन निरन्तर रहने दाबी गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उदेश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्मै वर्तमान गठबन्धन कायम रहने दाबी गरेका हुन् ।कांग्रेस–एमाले ठुलो पार्टी भएकाले गठबन्धनमा कहिलेकाहीँ अनुकूलता र प्रतिकुलता हुने गरेको भन्दै उनले दुई दलले समान हिस्सेदारी खोज्नु स्वाभाविक भएको बताए ।

भट्टराईले वर्तमान सरकार गलत ट्र्याकमा नरहे पनि गति बढाउन भने नसकेको जिकिर गरे । सरकारको आलोचना हुनु स्वाभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नबिग्रियोस् भन्नेमा सचेत हुनुपर्ने बताए । उनले विभिन्न निकायका प्रमुख नियुक्त गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । त्यस्तै भट्टराईले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै एजेन्डामा राष्ट्रिय सहमति कायम हुनुपर्ने जिकिर गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports