डीआईजी सिद्धि विक्रम शाहलाई एआईजी मा बढुवा गर्न सिफारिस
वि.सं.२०८२ जेठ ७ बुधवार ०८:१६
shares

काठमाडौँ । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक(एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।जेठ ११ बाट एआईजी लालमणी आचार्य अनिवार्य अवकाशमा जाँदै छन् । सो पदमा शाहलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।
शाह प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका प्रमुख हुन् । २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर उनि प्रहरीमा आएका थिए ।तत्कालिन गृहमन्त्री रवि लामिछानेले जेष्ठ भएपनि सिद्धि विक्रम शाहलाई डीआईजी बढुवामा पछि पारेका थिए । त्यसबेला करिब १५ महिना ढिलो सेवा प्रवेश गरेकालाई बढुवा दिएको भन्दै राष्ट्रिय अनुसन्धान विभागबाट आएको समुह असन्तुष्ट बनेको थियो ।
२०८१ मंसिरमा बढुवा हुँदा सिद्धि बिक्रम शाह आफ्नो ब्याचमा एक नम्बरमा डीआईजी भएका थिए ।
































