विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राखौ : सांसद सूर्य थापा

624
shares

काठमाडौं । नेकपा (एमाले) का सांसद एवम् पोलिट्ब्यूरो सदस्य सूर्य थापाले नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्ने बताउनुभएको छ। आज अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) विधेयकसम्बन्धी दफाबार छलफलको क्रममा उहाँले नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म राजावादी हैन, राजतन्त्र फाल्न लडेको मान्छे हुँ । तर, पृथ्वीनारायणशाहलाई राजावादीले मात्र मान्ने हैन ।

सबै नेपालीले मान्नुपर्छ । नोटमा पृथ्वीनारायण शाह तस्बिर अंकित नोटको थालनी गर्नुपर्छ । पृथ्वीनारायण शाहकै तस्बिर छैन, के नोट पृथ्वीनारायण शाहले रजौटाबाट राजा हुन एकीकरण थाल्नुभयो होला । तर, परिणाममा त्यो नेपालको एकीकरण भयो । नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्छ ।’ नोटमा आग्रह, पूर्वाग्रह सबैखाले पर्खाल भत्काउनुपर्ने उहाँको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports