kumari
stcnepal

सिटिजन लाइफ इन्स्योरेन्स बानेश्वर शाखाद्वारा जीवन बीमा रकम हस्तान्तरण

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।

ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको छोरी सरुना खड्गीले अभिकर्ता भई बुवाको बीमा गराएकी थिइन् ।

 

बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले १५ लाख ५० हजार रुपैयाँको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बानेश्वरका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरू किशोर पोखरेल, रिदुम राई, दावा शेर्पा, अन्य एजेन्सी म्यानेजरहरू चन्द्रलक्ष्मी खड्गी, पेशल केसी लगायतको उपस्थिति थियो ।

footer