सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा कहाली लाग्दो लोडसेडिङ कुनै टेक्निकल मानिसले अन्त्य गरेको होइन : प्रचण्ड

1.01K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कहालीलाग्दो लोडसेडिङ कुनै टेक्निकल मान्छेले अन्त्य नगरेको जिकिर गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२’ कार्यक्रममा बोल्दै प्रचण्डले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको नाम नलिइकन लोडसेडिङको नेतृत्व राजनीतिक नेतृत्वले गरेको बताएका हुन् ।उनले आफ्नो नेतृत्वमा पटक-पटक सरकार बन्दा आफ्नो भिजन र सपनाको कारण लोडसेडिङ हटेको तर्क गरे । उनले राजनीतिक नेतृत्वको सपना र भिजन नभई कुनै प्राविधिक नेतृत्वले लोडसेडिङ अन्त्य गर्न नसक्ने दोहोर्‍याए ।

‘लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्तितिर गएपछि त्यसले एउटा गयो … तर, यहाँनिर कहिलेकाँही के लाग्छ मलाई भने मानिसहरू कस्तो विवेक पुर्‍याउने कुरामा कहिलेकाँही कसरी चुक्छन् ?’ उनले भने, ‘यो आखिरमा पोलिटिकल लिडरसिपको भिजन, उसको सपना र समर्पण नभइकन कुनै टेक्निकल मान्छेले मात्रै गरेर यो हुन्थ्यो भने त टेक्निकल मान्छे त धेरै वर्षदेखि छन् नि !’उनले थपे, ‘सक्षम मान्छे नेपालमा नभएको होइन, नभएको त पोलिटिकल लिडरसिप र उसको भिजन र उसको सपना हो नि ।’सम्बोधनको क्रममा प्रचण्डले कुलमानको नाम नलिई नागरिकले लोडसेडिङको अन्त्य गरेको जस प्राविधिक नेतृत्वलाई दिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘तर मान्छेहरू टेक्निकल्ली भयो भने त्यसैलाई मान्यता दिएर उही यो सबै उसैले गर्‍यो भन्या जस्तो गरी प्रचार गर्ने जो भएको छ, त्यो पनि त्यति न्याय संगत भए जस्तो मलाई लाग्दैन।’

उनले भने, ‘त्यसमा त आइडियोलोजी हुन्छ, पोलिटिक्स हुन्छ, त्यहाँ एउटा स्ट्राटेजी हुन्छ, एउटा भिजन हुन्छ । त्यसो भएर त्यस अनुसारको सेटिङ गर्ने पनि पोलिटिकल लिडरसिपले गर्ने सेटिङ हो। अगाडि बढ्ने भनेको नि पोलिटिकल लिडरसिपले नै हो ।’उनले आफ्नो नेतृत्वमा ऊर्जा क्षेत्रमा बढी मिहिनेत गर्नुपर्छ भनेर भारतसँग साझेदारीको कुरा अगाडि बढाएको बताए । ‘भारतसँगको साझेदारीको कुरा या बंगलादेशसँग मेरो दुई पटक कुरा भएको छ, विदेशमा राष्ट्र संघको महासभामा जाँदा खेरि पनि, अर्को कोपको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि’ उनले भने, ‘बंगलादेशसँग त्यो व्यापारको ढोका खोल्नको लागि धेरै मेहेनत भएको छ । भारतसँग धेरै मेहेनत भएको छ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports