सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राजदूत र प्रधानमन्त्री कार्कीबिच भेट

585
shares

काठमाडौँ । अमेरिकी राजदूत डिन आर थम्पसनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल–अमेरिका दुवै देशबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।सो अवसरमा अमेरिकी राजदूतले नेपालका विकास सम्बन्धी आकाङ्क्षामा अमेरिकी सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताएको मन्त्रालयको भनाई छ।

भेटबारे जानकारी दिँदै राजदूत थम्पसनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपालको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्‍याएको बताए।अमेरिका र नेपालबिच ७८ वर्षअघि सुरु भएको साझेदारीलाई स्मरण गर्दै उनले दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद्‌ व्यवस्थापनलगायत विषयमा छलफल गरेका थिए।

साथै नेपालकै रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसीसी सम्झौताका प्राथमिकताबारे पनि कुराकानी भएको उनको भनाई।आज नै चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports