सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिका आधारमा नयाँ सरकार गठन : राष्ट्रपति पौडेल

754
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमअनुसार प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिका आधारमा नयाँ सरकार गठन गरेको बताएका छन् ।

शुक्रबार संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो बताएका हुन् । ‘प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले यो कदम चालिएको कुरा सबैले बुझौँ र ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव गर्न सबै लागौँ’, राष्ट्रपति पौडेलको आह्वान छ ।उनले भदौ २३ र २४ गतेको आन्दोलनले अपुरणिय क्षति बेहोरेको भन्दै मुलुकका कर्णधार युवाहरू गुमाउँदाको क्षतिबारे आफू जानकार रहेको समेत बताएका छन् ।

आन्दोलनपछि उत्पन्न असहज परिस्थितिलाई सम्हाल्नुपरेको भन्दै उनले जे जति सकिन्थ्यो त्यति गरेको समेत बताए । ‘मुलुक नयाँ सपनाका साथ नवमार्गमा प्रवेश गरेको छ’, राष्ट्रपतिले भने, ‘नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्छ भन्ने विश्वास लिएको छु ।’उनले अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको मूल्याङ्कन र पुननिर्माण गर्दै ६ महिनामा निर्वाचन गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने समेत बताए । ‘यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो’, राष्ट्रपतिको भनाई छ ।

राष्ट्रपति पौडेलले असहमति र द्वन्द्व नगरी सबै दल, नागरिक, बौद्धिक समुदायलाई पूर्वाग्रहरहित भएर निर्वाचनमा क्रियाशील हुन आग्रह समेत गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports