सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैंकको ‘ गोल बेस्ड सेभिङ ‘ योजना सार्वजनिक

1.26K
shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई लक्ष्य निर्धारण गरी बचत गर्न सहज बनाउने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन्।

ग्राहकले ६ महिना देखि २ वर्षसम्मको बचत अवधि तोकी आफ्नो लक्ष्य प्राप्तिका लागि मासिक बचत रकम मोबाइलबाटै थाहा पाउन सक्ने सुविधा पाउनेछन्। आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट कट्टा गर्ने वा आफैंले तोकेको मितिमा जम्मा गर्ने विकल्प उपलब्ध हुनेछ। साथै, अतिरिक्त रकम ‘गोल बेस्ड सेभिङ्ग’ मा टप अप गर्ने सुविधा पनि छ।

यस योजनामा राउण्डअप सेभिङ्ग को सुविधा पनि छ, जसअन्तर्गत ग्राहकले हरेक क्यूआर भुक्तानी गर्दा नियरेस्ट टु, फ्ल्याट वा प्रतिशतको आधारमा अतिरिक्त रकम बचतमा जम्मा गर्न सक्नेछन्। बैंकले यस योजनामा उच्चतम ब्याजदर प्रदान गर्ने जनाएको छ।ग्राहकले आफ्नो लक्ष्य बचतको सम्पूर्ण विवरण ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एपमार्फत हेर्न सक्नेछन्। साथै, चाहेको खण्डमा खाता निर्धारित समय अगावै बन्द गर्ने सुविधा पनि उपलब्ध हुनेछ।

ग्लोबल आइएमई बैंकले हाल मुलुकका ७७ जिल्लामा ३५२ शाखा, ३८४ एटीएम, १५५ शाखारहित सेवा, ६८ एक्सटेन्सन तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ। बैंकले विश्वका दर्जनभन्दा बढी देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।ग्लोबल आइएमई बैंक हालै ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५, र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ सहितका पुरस्कार पाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports