सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेस प्रदेशका तीन दल ठुला दल एमाले, कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी प्रस्तुत गरे

754
shares

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छैनन् । यस्तो अवस्थामा प्रदेशका तीन दल ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेका छन् ।

बुधबार तीनै दलका नेताहरूले प्रदेश प्रमुख समक्ष संयुक्त दाबीपत्र बुझाउँदै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेका हुन् । संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त सरकार गठन गर्न सकिने प्रावधानअनुसार दाबी गरिएको हो ।तीन दलका ५८ जना सांसदहरू अहिले प्रदेशसभामा कायम कुल सदस्य संख्याको बहुमत भएको दाबी गर्दै यादवलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरिएको छ ।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भने, ‘जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्रीले राजीनामा दिएको र त्यसअनुसार पार्टीले समर्थन फिर्ता पनि बोलाएको थियो । तर उहाँ नआएपछि यस्तो कदम चाल्न बाध्य भयौँ,’ उनले थपे, ‘जनताको चाहनाअनुसार फिर्ता हुनुपर्नेमा मुख्यमन्त्रीले ढिपी कसेर पदमा बसिरहनु पार्टी हितविपरीत छ ।’

उनका अनुसार दलहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पदमा बसिरहनुको औचित्य छैन । ‘यदि अहिले पनि राजीनामा नदिने हो भने तीस दिनपछि उहाँ स्वाभाविक रूपमा पदमुक्त हुनुहुनेछ, त्यसपछि पुनः बहुमतका आधारमा नयाँ सरकार गठन हुनेछ,’ उनले भने । यद्यपि बुधबार दिनभर मुख्यमन्त्री सिंहले राजीनामा बुझाउने चर्चा चले पनि समाचार लेख्दासम्म मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पुगेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports