नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन क्रियाशील : कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी

572
shares

काठमाडौं । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरू क्रियाशील रहेको बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरूसँगको भेटमा उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको बताए ।कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले राजनीतिक दलहरू, नागरिक अगुवा, बुद्धिजीवि, पत्रकार लगायतका सरोकारवाला पक्षसँग विभिन्न माध्यामबाट छलफल गरिरहेको दाबी समेत उनले गरे ।

‘निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने सन्दर्भमा हाम्रो आयोग चौबिसै घण्टा क्रियाशील छ । काम गरिराखेको छ । यहाँहरूले विभिन्न सञ्चार माध्यामहरूबाट पनि देखिरहनुभएको होला । निर्वाचन तोकिएको समयमा कुनैपनि हालतमा सम्पन्न गर्नुपर्छ,’ उनले भने, ‘त्यो प्रयोजनका लागि राजनीतिक दल, सरोकारवाला, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, बुद्धिजीविहरू, पत्रकारहरू, अझ विशेष गरेर राजनीतिक दल, सञ्चारकर्मी साथीहरूको विशेष भूमिका रहन्छ ।’शुरुमा निर्वाचन व्यवस्थापनको काम आयोगले गरेको उल्लेख गर्दै हाल मतदाता नामावली संकलनको कामलाई आयोगले तिब्रताका साथ अघि बढाएको पनि उनले जानकारी गराए ।

निर्वाचन सम्पन्न गराउनका लागि आफूहरूले मतदाता शिक्षा कार्यक्रमलाई पनि सचेतनापूर्वक अघि बढाएको प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो ।‘निर्वाचन व्यवस्थापनको पक्षलाई जब हामीले सम्बोधन गरिसक्याँै । अनि हामीले निर्वाचनको कार्यतालिका बनाएर त्यस अनुसार हामी धमाधम काम गरि राखेका छौं । जस्तो कतिपय बाधा अड्चनहरू थिए । ती अध्यादेशमार्फत फुकाएर भएपनि हामीले मतदाताहरूको मतदाता नामावली संकलन गर्ने लगायतका विषयवस्तुहरू समावेश गरिसकेका छौं,’ उनले भने, ‘त्यो कार्य सुचारु रुपमा अघि बढेका छन् । दैनिक रुपमा ठूलो मात्रामा छुट्नुभएका मतदाताहरू अहिले मतदाता नामावलीमा समावेश गर्न आइरहनुभएको छ । यसरी हामीले मतदाता शिक्षाको सन्दर्भमा सचेतनापूर्ण ढंगबाट शुरुदेखि नै कार्यक्रम सञ्चालन गरिराखेका छौं ।’ कार्यबहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले अध्यादेश मार्फत बाधा अड्काउ फुकाउने काम गरेपछि निर्वाचनको तयारीको कामले तिव्रता पाएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports