नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वतन्त्रता, अस्मिता र स्वाधीनताको रक्षाका लागि सबै राष्ट्रवादी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरू एक हुनुपर्छ : प्रचण्ड

611
shares

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकले सामना गरेका राजनीतिक सङ्कट राष्ट्रिय सहमतिबाट मात्रै समाधान गर्न सकिने बताएका छन् ।

विगतमा पनि राष्ट्रिय सहमति र समझदारीबाटै समाधान भएको स्मरण गराउँदै उनले वर्तमान सङ्कटको निकास पनि त्यही बाटोबाट खोज्नुपर्ने बताए ।शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले हालको अवस्थालाई भयानक एपिसोडको संज्ञा दिँदै यसबाट पार पाउन सबै दलहरूले अहङ्कार र व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए ।

प्रचण्डले देशको स्वतन्त्रता, अस्मिता र स्वाधीनताको रक्षाका लागि सबै राष्ट्रवादी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरू एक हुनुको विकल्प नभएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports