नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजीनामा दिने चेतावनी दिएको छैन : आईजीपी खापुङ

793
shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफूले राजीनामा दिने चेतावनी नदिएको प्रष्ट पारेका छन् ।

सचिवालयमार्फत एक विज्ञप्ति जारी गर्दै उनले विभिन्न सञ्चारमाध्यममा आफूले राजीनामा दिने चेतावनी दिएकोसम्बन्धी समाचार आएको भन्दै त्यसको खण्डन गरेका हुन् ।प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत भएको सुरक्षा बैठकमा यस्तो विषयमा कुनै कुरा आईजीपी खापुङले नगरेको जनाइएको छ ।

‘केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ्गले ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।उक्त बैठकमा सुरक्षा चुनौतीहरूको बारेमा मात्रै विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्रै केन्द्रित भएर छलफल भएको जानकारी विज्ञप्ति मार्फत गराइएको छ ।

‘प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।विभिन्न समाचारहरूमा आइजीपी खापुङले पद छाड्ने चेतावनी दिएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports