भाडामा प्रयोग गरिँदै आएको संघीय संसद्को सम्झौता रद्द
वि.सं.२०८२ असोज २४ शुक्रवार १५:३२
shares

काठमाडौं । नयाँ बानेश्वर स्थित भाडामा प्रयोग गरिँदै आएको संघीय संसद्को सम्झौता रद्द गरिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएपछि खण्डहर बनेको छ । अहिले प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेकाले भाडा सम्झौता रद्द गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।मुलुकी देवानी संहिता, २०७४ को दफा ५३१ को उपदफा (२) को खण्ड (ख) बमोजिम सम्झौता रद्द गरिएको व्यहोरा सचिवालयले जनाएको छ ।
भदौको अन्तिम सातादेखि लागू हुनेगरी सम्झौता रद्द भएको संसद् सचिवालयले बताएको छ । यो भवन ०६४ सालेदखि प्रयोग हुँदै आएको थियो ।वार्षिक १६ करोड ५० लाखमा सम्झौता भएको यो भवनको कानून आयोगले प्रयोग गरेको घटाएर वार्षिक रु १४ करोड ९८ लाख २९ हजार ७०६ रुपैया तिर्ने गरेको थियो ।
भवनको वार्षिक सम्झौता नवीकरण हुने गरेको थियो ।आर्थिक वर्ष २०७८/०७९ मा भने भाडा १० प्रतिशत वृद्धि भएको थियो ।



































