एआईजीमा बढुवा भएका चार अधिकृतको पदस्थापन
वि.सं.२०८२ असोज २४ शुक्रवार १८:२७
shares

काठमाडौं । मन्त्रीपरिषद्को २३ असोजको निर्णय अनुसार एआईजीमा बढुवा भएका चार अधिकृतको पदस्थापन भएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयमा बढुवा भएका चार एआईजीहरू सुशील सिंह राठौर, उमा चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर विकलाई दर्ज्यानी चिह्न प्रदान गर्दै पदस्थापन गरिएको छ ।
जसअनुसार राठौरलाई अपराध अनुसन्धान विभाग, चतुर्वेदीलाई कार्य विभाग, श्रेष्ठलाई प्रशासन विभाग र विकलाई प्रदेश समन्वय विभाग पठाइएको छ ।बढुवा भएका एआईजीहरूलाई आईजीपी चन्द्रकुवेर खापुङले बधाई दिँदै संगठनको वृहत्तर हित र सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिए ।






































