नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज पनि बस्दै

832
shares

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ । नेताहरू बोल्ने क्रम नसकिएपछि आज पनि बैठक जारी हुने भएको हो ।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागी भएपछि नेताहरू बोल्ने क्रम नसकिएकोले फेरि आजका लागि बैठक बोलाइएको हो ।मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन् ।

आगामी २६ गते बस्ने पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समान धारणा बनाएर जाने भन्दै सोही पेरिफेरीमा छलफल भइरहेको छ ।आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । पार्टीको महाधिवेश निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने भन्नेबारे पनि कांग्रेस नेताहरूबीच मतभेद देखिएको छ । बैठकमा यसबारे पनि समान धारणा बनाउने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports