नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शैक्षिक क्यालेन्डर हेरफेर, हिउँदे र बर्से बिदा घटाएर ३० दिन कायम

273
shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूको हिउँदे तथा बर्से बिदा घटाउने निर्णय गरेको छ । विद्यालयमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयसँगै हिउँदे र बर्से बिदा पनि साबिकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह तथा सबै विद्यालयहरूलाई परिपत्र गर्दै दुई दिन बिदा दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयको हालैको निर्णयअनुसार शैक्षिक संस्थाहरूले स्वीकृत पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलाई पठनपाठन सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।केन्द्रकाे निर्देशनअनुसार प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्नेछ । सोमबारदेखि शुक्रबारसम्म पूर्ण रूपमा पठनपाठन तथा शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ भने अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ ।त्यसैगरी, स्वीकृत पाठ्यक्रम तथा निर्धारित सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा समुदाय तथा परिवारसँग सम्बन्धित क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहुविषयक परियोजना तथा प्रयोगात्मक कार्य शुक्रबार सञ्चालन गर्न निर्देशन दिइएको छ । आवश्यकताअनुसार यस्ता कार्यको प्रस्तुति गर्ने अवसर पनि प्रदान गर्नुपर्नेछ ।

परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा उपलब्ध ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२ बाट समेत सहयोग लिन सकिने जनाइएको छ । यसका लागि स्थानीय तह, विद्यालय र शिक्षकले स्वीकृत पाठ्यक्रमअनुसार विषयक्षेत्र समेटी परियोजना कार्य निर्माण गरी कार्यान्वयन गर्न सक्ने केन्द्रले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports