नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको सचिवालय बैठक आज शनिबार पनि बस्दै

1.09K
shares

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ । बैठक आजपनि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्दैछ ।

यसअघि शुक्रबारको बैठकमा ८ पदाधिकारीले आ-आफ्नो धारणा राखेका थिए । बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने धारणा राखेका थिए ।त्यस्तै उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा बादल लगायतले विद्या भण्डारीको सदस्यताको निर्णय सच्याउनुपर्ने धारणा राखेका थिए । त्यस्तै बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले संकटको समयमा नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने बताएका थिए ।

आजको बैठकमा बाँकी नेताहरुले आ-आफ्नो धारणा राखेपछि निर्णय गरिने बताइएको छ । साथै आजको बैठकमा महाधिवेशन सम्बन्धि प्रस्ताव समेत आउने उपमहासचिव ज्ञवालीले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports